काठमाडाैं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ ।
अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ । अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शनिवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा चट्याङसहित सामान्य पानी सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मनसुन सुरू हुनासाथ देशभरका निर्माण कार्यमा प्रभाव पर्छ। वर्षामा अधिकांश निर्माण कार्य प्रभावित हुने गर्छन्। त्यसमाथि मनसुन लम्बिँदा निर्माण व्यवसायी हैरान हुन्छन्। यस वर्षकाे मनसुन बाहिरिने चरणमा रहेसँगै अब भने निर्माण कार्य ढुक्कले अघि बढाउन सक्ने निर्माण व्यवसायीहरूकाे भनाइ छ।