काठमाडौं। पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो।
२०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाले जनाएको छ। आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी बङ्गलादेशको निर्माण कम्पनी इनर्जी प्याक्ट र नेपाली कम्पनी सिग्मा कोनले संयुक्त रूपमा ठेक्का लिएको हो।
कोभिड–१९ का कारण निर्माण अवधि लम्बिएको भए पनि यो आयोजनाको अधिकांश संरचना निर्माण भइसकेको बताइएको छ। नेपाल सरकारको ५२ करोड रुपियाँको लागनीमा बनिरहेको हो।