सिन्धुली। बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ। सिन्धुलीको हरिहरपुरगढीमा उक्त मल कारखाना निर्माण हुने भएको हो।
सो मल कारखाना निर्माणमा १ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएको बाग्मती प्रदेश सरकारले जनाएको छ।
पानी र बिजुली बाहेक अन्य कच्चा पदार्थ नचाहिने भएकाले सिन्धुलीको हरिहरपुरगढी क्षेत्र उद्योगका लागि उपयुक्त स्थान रहेको बताइएको छ।