रौतहट। रौतहटको माधव नारायण नगरपालिकाले आफ्ना नागरिकले सिंचाइका लागि प्रयोग गरेको विद्युत महशुल तिरिदिने भएको छ।
नगरपालिकाको ९ वटै वडामा कृषि सिंचाइका लागि नेपाल विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मन जडान गर्न अनुरोध गर्दै सम्पूर्ण विद्युत महशुल नगरपालिकाले जिम्मा लिने जनाएको हो ।
कृषकहरूको लागि विद्युत विस्तार गर्ने र जसका लागि १०० किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिदिन प्राधिकरणलाई अनुरोध गर्ने कार्यपालिका बैठकको निर्णय गरेको नगरपालिकाले जनाएको छ। शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जडानसँगै खपतको सबै शुल्क नगरपालिकाले तिर्ने निर्णय गरेसँगै कृषकहरू खुशी भएका छन् ।