काठमाडौं । रसुवाको टिमुरेमा निर्माणाधीन रसुवा–टिमुरे सुख्खा बन्दरगाह २०२३ अप्रिलसम्ममा पूरा हुने भएको छ । नेपाल–चीन अन्तरदेशीय व्यापार सहजीकरणका निम्ति निर्माणाधीन बन्दगाह सन् २०२३ अप्रिलभित्र तयार गरी प्रयोगमा ल्याइने भएको हो ।
यस बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । सन् २०१९ नोभेम्बर २० मा शिलान्यास गरिएको यस बन्दरगाह करिब १ अर्ब ५० करोड रुपैयाँ चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको हो ।
सन् २०२२ मे २० भित्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ शुरु भएको निर्माण कार्य कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएकाले समय थप गरिएको बताइएको छ ।
हालसम्म परियोजनाको काम करिब १८.३५ प्रतिशत सकिएको छ । यही गतिमा काम भए अबको १८ महिना अर्थात् सन् २०२३ को अप्रिलसम्ममा निर्माण कार्य सम्पन्न भइसक्ने बताइएको छ ।