सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलु मातहतमा रहेको प्रहरी चौकी खुम्जुङको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । चौकीको हाताभित्र शनिबार भएको एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भवनको उद्घाटन गरेका हुन् ।
१ करोड ६८ लाख ६४ हजार ३८४ रुपैयाँको लागतमा प्रहरी चौकी खुम्जुङको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।
भवनको उद्घाटन तथा निरीक्षणपश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित व्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए।
उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।