काठमाडौं । भारतीय आयल कर्पोरेसन आइओसीले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ।आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो।
निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य बढेर आएको छ।
नयाँ मूल्यसूची अुनसार पेट्रोलमा ०.६१ रूपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ प्रति लिटर, मट्टितेल ४.०१ प्रतिलिटर र हवाइ इन्धनमा ४.७७ रूपैयाँ प्रतिलिटर बढेर आएको छ। एलपी ग्याँसको मूल्य भने केही घटेर आएको उल्लेख गरेको छ।
यो सँगै निगमलाई १५ दिनमा डिजेलमा प्रतिलिटर १२.१४ रूपैयाँ र खाना पकाउने ग्यासमा २२८.८४ रूपैयाँ प्रति सिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ।
निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत निगमलाई १५ दिनमा १८ करोड नाफा हुने भएको छ।