काठमाडौं। नेकपा एमालेले आजदेखि देशव्यापी चुनावी अभियान शुरु गर्ने भएको छ। सुदूरपश्चिमको दार्चुलाबाट शुरु हुन लागेको चुनावी अभियानलाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली दार्चुलाको खलंगा जाने भएका छन्।
ओली खलंगा जानका लागि बिहीबार राति नै धनगढी पुगिसकेका छन्। ओली आज बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ।
दार्चुलाबाट शुरु भएको चुनावी अभियानलाई सम्बोधन गरिसकेपछि ओलीले आज नै बैतडी र कञ्चनपुरमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्ने कार्यतालिका रहेको छ।