काठमाडौं। शौर्य सिमेन्टले आफ्ना उपभोक्ताका लागि विभिन्न अफर सार्वजनिक गरेको छ। यसले कात्तिक १५ गतेदेखि लागू हुने गरी ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको हो।
यस योजना अन्तर्गत उपभोक्ताहरूले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाख सम्म नगद प्राप्त गर्न सक्नेछन्।
कुपन प्राप्त गरेको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिज सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीले ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पिएस्सी र ५३ ग्रेडको पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरूपता कायम गरी उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै आएको छ।