नेपाल विधुत प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लि.बीच बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्र्तदेशिय प्रसारण लाइन निर्माणका लागी लगानी तथा लगानीकर्ताविच सम्झौता भएको छ ।
प्राधिकरणका तर्फबाट कुलमान घिसिङ र पावर ग्रिडतर्फ वाइ के दीक्षितले नयाँ दिल्लीमा बुधबार भएको कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
भारततर्फको खण्ड निर्माणका लागी प्राधिकरण र पावर ग्रिडको ५०-५० प्रतिशत संस्थापक सेयर रहने गरी कम्पनी स्थापना गरी त्यहीमार्फत निर्माण कार्य गर्ने साथै प्रसारण सेवा सम्झौताको लागि अगाडी बढ्न बाटो खुलेको छ ।
अन्तरदेशीय प्रसारण लाइनको लम्बाई १ सय २० किलोमिटर छ जसमा नेपालतर्फ २० र भारत तर्फ १०० मिटर पर्छ । नेपाल तर्फको प्रसारण लाइन आफै र भारत तर्फको प्राधिकरण र पावर ग्रिडको बराबरी स्वामित्वमा स्थापना हुने गरि कम्पनीले निर्माण गर्ने छन् । बुटबल-गोरखपुर प्रसारण लाइनले ढल्केबर-मुझ्फ्रपुर ४०० केभी प्रसारण लाइन भन्दा डबल क्षमतामा विधुत प्रबाह गर्न सक्ने भएकोले दुई देश विचको विधुत व्यापारको लागि लाइफलाइन हुने छ ।
प्रसारण लाइन निर्माणको लागि करिब ६ अर्ब लगानी लाग्ने अनुमान गरीएकोमा आयोजनामा संयुक्त रुपमा कम्पनीले २० प्रतिशत आफ्नै पुँजि र बाकि रहेको लगानी ऋणमा लिने सहमति गरेको छ ।
माथिल्लो तामाकोसी लगाएत अन्य क्षेत्रबाट उत्पादित ४५६ मेगावाटको विधुत खपत गर्न नसकि खेर जाने भएको कारणले गर्दा नेपालसँग विधुत व्यापार गरीरहेको भारतीय कम्पनीहरुसँग छलफल गरी जगेडा भएको विधुत भारत र बंगलादेशमा बिक्रि गर्ने सहमति गरेको छ ।