काठमाडौं । सेती नदी जलाशययुक्त परियोजनाको काम करिब ९१ अर्ब रुपैयाँ लागतमा अगाडि बढाइएको छ । सुदूरपश्चिम प्रदेशको डोटी र अछाममा ३०८ मेगावाट क्षमताको परियोजनामा काम गरिनेछ ।
उक्त परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्ने काम भइसकेको छ । परियोजनाले स्थानीयसँग सात दिनको समय दिई (इआइए) माथि सुझाव माग्न थालेको हो । स्थानीयको जग्गा अधिग्रहण गर्नको लागि मात्रै ४५ करोड रुपैयाँ मुआब्जा तिर्नुपर्नेछ ।
यसको डिजाईन डिस्चार्ज प्रति सेकन्ड ३०० घन मिटर रहनुका साथै संरचनाको लागि ३२५ मिटर लामो वाध, ८५.३० मिटर लम्बाई र १५ मिटर चौडाइ भएको भिमगत विद्युत गृह , १५० मिटर लामो पेनस्टक पाइप, ३४० मिटर लामो टेलेरेस आदि रहेका छन् ।
उक्त आयोजना निर्माणको लागि वन क्षेत्रको १०१२३ हेक्टरमा रहेको २९८ हेक्टर निजी जग्गा आवश्यक पर्ने देखियको छ ।