तस्बिर: गाेरखापत्र अनलाइन
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको सडक किनारमा रहेका रुख काटिएका छन् ।
रुख ठूलो भएर विद्युत् तारलाई छोएर करेन्ट सर्ट हुने, व्यक्तिको घरमा असर पुर्याउने गरेको उजुरी पछि काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रको रुख मंगलबार बिहान काटेको हो। काठमाडौँ महानगरपालिकाका अनुसार करिब दुई दर्जन बढी रुख काटिएको छ ।



