दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–६ मा सञ्चालित च्छो-रोल्पा जनरल अस्पताल प्रालिले मेडिकल कलेज स्थापनाका लागि पहल सुरु गरेको छ। सबैकानिम्ति अति आवश्यक स्वास्थ्य सेवा मजबुत बनाउन मेडिकल कलेज स्थापनाको पहल सुरु भएको हो।
जिल्लाका नेता तथा सम्बन्धित निकायसँग भएको छलपल तथा परामर्शबाट सकारात्मक कुरा आएका समाजसेवी एवम अस्पताल सञ्चालकले बताएका छन्। सबैको हितकालागि उठाइएको कदम भएकाले कसैले पनि यसलाई ननकार्ने कुरा अस्पताल सञ्चालकले बताएका छन्। सो कार्यको लागि माथिल्लो स्तरमा पनि प्रक्रिया अघि बढेको छ। यस पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने दुईसय रोपनी जग्गाको खोजविन सुरु भएको छ।
त्यस्तै चरीकोट बजारमा मात्र सरकारीसहित तीन वटा अस्पताल सञ्चालनमा रहेका छन्। जिरी नगरपालिकामा जिल्ला अस्पताल सञ्चालनमा, कालिञ्चोक गाउँपालिकमा सिँगटी अस्पताल सञ्चालनमा रहेको छन् भने अरु छ वटा स्थानीय तहमा पनि अस्पताल सञ्चालन गर्न पहल सुरु भएको अस्पताल सञ्चालकले जानकारी दिएका छन्। हाल कोरोना भाइरसलाई मध्यनजर गरेर कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइएको छ।