काठमाडौं। काठमाडौं महानगरपालिकामा ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालिएको छ। सडकमा सवारी साधनको चाप धेरै भएको समयमा महानगरले नगर प्रहरी खटाउन थालेको हो।
काठमाडौं नगर प्रहरी बलका अनुसार हरेक दिन विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरीले ट्राफिक व्यवस्थापनको लागि खटिने छन् ।
बुधबार कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा नगर प्रहरी परिचालन भएका छन् ।