पर्सा। छिपरमाई गाउँपालिका–५ स्थित भिस्वमा रहेको कोरोना अस्पताल र बर्थिंङ सेन्टरको गत शनिबार एक कार्यक्रममा गाउँपालिकाका अध्यक्षले उद्धघाटन गरेका छन्। सरकारी बर्थिंङ सेन्टर नहुँदा सो क्षेत्रका महिलाहरुले बच्चा जन्माउनका लागि सदरमुकाम अथवा भारत जानुपर्ने बाँध्यता रहेको हुनाले कतिपयको मृत्यु समेत हुने गरेको कारणले आफु जनप्रतिनिधि भएपछि प्रत्यक वडामा बर्थिंङ सेन्टर स्थापना गरेको गाउँपालिकाको अध्यक्षले जनाएका छन्। बर्थिङ सेन्टर निर्माण भएपछि त्यहाँका महिलाहरुले प्रसुतिका लागि बाहिर जानु नपर्ने उनको विश्वास रहेको छ।
बर्थिंङ सेन्टर र सबै स्वास्थ्य चौकीहरुमा एमबिबिएस डाक्टर र एम्बुलेन्स सेवा पनि रहेको छ। छिपरमाईमा २ ठाउँमा उच्च शिक्षा र प्राविधिक शिक्षा सञ्चालनमा रहेको छ। गाउँपालिकाले ल्याएको कन्यादान राशि दलित, गरिबका छोरीको बिहेमा २१ देखि ५१ हज्जारसम्मको कन्यादान राशि दिने गाउँपालिकाका अध्यक्षले जनाएका छन्। त्यस्तै गाउँपालिकामा २ वर्षभित्र जन्मेका बालबालिकाहरुका लागि स्वर्ण बीमा गरिने भएको छ।
पहिलो बर्थिंङ सेन्टर वडा नं. ४ तुल्सीवर्वामा, दोस्रो वडा नं. २ टिहुकी सेढामा र तेस्रो वडा नंं. ३ जयमंगलपुरमा सञ्चालनमा रहेका छन् भने वडा नं. १ मिर्जापुरमा चाडैं बर्थिंङ सेन्टर स्थापना हुने अध्यक्षले जनाएका छन्। गाउँपालिकाको ८० लाख बजेटमा कोरोना अस्पताल निर्माण भएको र बर्थिंङ सेन्टरको लागि ६ वटा कोठा रहेको कुरा त्यहाँका स्वास्थ्य संयोजकले बताएका छन्।