ओलाङ्चुङगोलामा स्थापना भइरहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट को कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । यो कार्यलयको संरचना चीनको तिब्बतसँग सीमा जोडिएको मौवाटारमा तयार हुन लागेको हो ।
फक्ताङ्लुङ गाउँपालिकामा रहेको बीओपी भवन गत वर्षनै स्थापना गरिएको थियो । निर्माण कम्पनीको अनुसार हिमालयन कन्स्ट्रक्सनले आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी भ्याटसहित करिब रु ९८ लाख बजेटमा गत जेठ दोस्रो सातामा योजना सम्झौता गरी संचरना निर्माण गर्दै आएको छ ।
निर्माण कम्पनीले सभालय समेत रहेको कार्यलय भबन, शौचालय तथा भान्साघर जस्ता संरचना निर्माण गरिएको कुरा जानकारी दिएको छ। चार हजार २०० मिटरको उचाइमा रहेको बीओपी भबन ओलाङ्चुङगोला बस्तीदेखि उत्तरतर्फ १२ किलोमिटर दूरीमा पर्दछ भने तिब्बतसँग सिमाना जोडियको टिपताला भञ्ज्याङ पनि करिव १२ किमीकै दूरीमा पर्दछ ।
संरचनाको निर्माणकार्य पुरा भइनसकेको हुदा बीओपीका लागि खटेका सशस्त्र प्रहरी टोली ओलाङ्चुङगोलामा बस्दै आइरहेका छन् । बीओपी सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको भबनमा ५० जनशक्ति रहन सक्ने बताइएको छ ।