काठमाडौं । ऊर्जाको समुचित प्रयोग तथा बचत हुन नसक्नु नै मुलुकको दिगो विकासको बाधक रहेको सरोकारवालाहरुले बताएका छन् ।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औं वार्षिक उत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवाला व्यक्तिहरुले यस्तो बताएका हुन् ।
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा संरक्षण अभियानकर्ताहरुले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक ऐन, नियमको माग समेत गरेका छन् ।
हाल मुलुकमा प्रशस्त मात्रामा ऊर्जाको उपलब्धता भएपनि सोको समुचित प्रयोग हुन नसक्दा त्यसको अप्रत्यक्ष असर मुलुकको आर्थिक उपार्जनमा परेको भन्दै यसलाई रोक्न पनि ठोस नीति नियमको खाँचो रहेको सरोकारवालाहरूको भनाइ छ ।