काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा करिब ११ प्रतिशत घटेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ८८ लाख ८२ हजार खुद नाफा गरेको कम्पनीको गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा खुद नाफा १० दशमलव ८६ प्रतिशत कम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू.९९ लाख ६४ हजार खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी १८ दशमलव २१ प्रतिशत बढी भएको छ । गत वर्ष रू ३ करोड २४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू ३ करोड ८३ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।
विद्युत विक्री आम्दानी बढेपनि वित्तीय खर्च बढ्दा कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष रू ४० लाख ३४ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू ५० लाख ९६ हजार वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू २६ करोड ७९ लाख ७ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग रू १ करोड ७१ लाखभन्दा बढी रहेको छ ।
कुल चालू सम्पत्ति रू २४ करोड ५५ लाखभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व रू। २० करोड ९९ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू १६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू १०६ दशमलव ३९ रहेको छ ।