काठमाडौं। नबिल बैंकले ऋण लिएर नतिर्ने एक निर्माण कम्पनीको धितो लिलाम गरेको छ। साविक नेपाल बङ्गलादेश बैंक हुँदा मकवानपुरको हेटौंडा शाखाबाट ऋण लिएको एमबि निर्माण सेवाले चुक्ता नगरेपछि बैंकले धितो लिलाम गरेको हो।
बैंकको उक्त धितोमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । साथै बैंकले भोलि मंसिर ९ गते बोलपत्र खोलिने बताएको छ ।
ऋण लिँदा कम्पनीका सञ्चालक तथा जमानतकर्ताहरु मछिन्द्र बतौला, शिव कुमारी बतौला, सुरेन्द्र बतौला, निर्मला बतौला र रामहरी बतौला रहेका छन् । रामहरी बतौलाको नाममा रहेको मकवानपुर स्थित रहेको कित्ता नम्बर २६५२ को क्षेत्रफल ०–४–१४.५–० क्षेत्रपलमा रहेको जग्गा लिलाम गर्ने बैंकले जनाएको छ ।