काठमाडौं। मारवाडी सेवा समितिले अवैध रूपमा बनाएको संरचनामा पशुपति क्षेत्र विकास कोषले डोजर चलाएको छ। कोषले गौशाला चोकमा रहेको समितिको अवैध संरचनामा डोजर चलाएको हो।
विकास कोषको नौ रोपनी १४ आना जग्गामा बनेको भवनसहितको जग्गा न्यून मूल्यमा लिजमा लिएर धर्मशाला सञ्चालन गर्दै आएको समितिलाई ३५ दिने समय दिएर अवैध संरचना हटाउन कोषले निर्देशन दिएको थियो । ३५ दिने सूचनाको समय सकिएसंगै कोषले डोजर चलाएको हो ।
कोषको स्वीकृतिबिना धर्मशाला परिसरमा बनेको करिब ४०–५० फिटको एकतले भवनमा समितिले स्वीकृति नलिएर र नक्सा पास नै नगरी तला थप्न थालेपछि उक्त कार्य रोक्न कोषले निर्देशन दिएको हो।