होल्पा। डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले आफूले पाउने सेवासुविधा जनताको काममा खर्च गर्ने बताएका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बुढाले पाँच वर्षसम्म नेपाल सरकारबाट पाउने सेवा सुविधा मठमन्दिर, गुम्बा र विद्यालय निर्माण तथा मर्मतमा खर्च गर्ने घोषणा गरेका हुन्।
उनले मठमन्दिर, गुम्बा र विद्यालय निर्माणसहित विपन्न बालबालिकाको पठनपाठनमा सहयोग गर्ने घोषणा समेत गरेका हुन्। डोल्पाली जनताले लगातार तेस्रो कार्यकालसम्म जिताएकोमा धन्यवाद दिँदै उनले जनताको हरेक सुखदुखमा साथ दिने बताए।
नवनिर्वाचित सांसद बुढाले भेरी करिडोर स्तरोन्नती, मसिनेचौर विमानस्थलमा परीक्षण उडान, ‘त्रिपुराकोट काइगाउँ बजार बचाउ’ योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्।