काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौंथो वार्षिका साधारण सभा सम्पन्न भएको छ। बैंकले शेयरधनीहरुको सहभागिता सहित शनिबार साधारण सभा सम्पन्न गरेको हो।
सभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुने रकम ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।
स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ ।
आव २०७८/७९ सम्म आईपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकले १ अर्व २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालीन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगाली सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवर्धन गर्ने विषयहरुलाई मुख्य आधारस्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको छ ।