चितवन। चितवन–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछानेले आफू निर्वाचित भएको क्षेत्रमा विद्युत पुग्न बाँकी रहेका स्थानमा अब छिट्टै विद्युत् विस्तार हुने बताएका छन् । साथै उनले जनताले मत दिइसकेछि आफूले काम थालिसकेको बताएका छन् ।
उनी गत बिहीबार भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
सोमबार राति सामाजिक सञ्जालमार्फत आफूले गरेका कामको विवरण सार्वजिक गर्दै लामिछानेले चितवको इच्छाकामना गाउँपालिकाको २, ३, ४, ५, ६ र ७ वडाका विद्युत नपुगेका स्थानमा छिट्टै विद्युतीय लाइन विस्तार हुने उल्लेख गरेका छन्।
साथै उनले चितवनका किसानले वर्षौ देखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज आफूले कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरिक्षण गरेको र दुवै भेटघाट निकै फलदायी बनेको जनाएका छन् ।
आफूहरूले केन्द्रीय राजनीतिलाई पनि नजिकबाट नियालिरहेको जनाउँदै उनले निर्वाचनको सबै मत परिणाम आएपछि उचित निर्णय लिने बताएका छन् ।