दाङ। शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेसहित ६ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजनल इन्जिनियर पाण्डे, इन्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जना उपर काठमाडाैं जिल्ला अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुले ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा भ्रष्टाचार गरेको आरोपमा छ। सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकुल इष्टिमेट चेन्ज गरी उक्त सडक निर्माणमा रकम हिनामिना गरेको अख्तियारको ठहर छ।
उनीहरु उपर बिगो रु. ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिबाना गरी बिगो असुल उपर गर्न मागदावी लिइएको छ ।