काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन्। एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताएका हुन् ।
अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । उनले भने, “मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन। अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।”
त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए । उनले भने, “निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ। अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।”