काठमाडौं। पर्वत सदरमुकाम कुश्मा बजारमा मगर समुदायको नेतृत्वमा निर्माण गर्ने भनिएको सङ्ग्रहालयको निर्माण शुरु भएको छ। देउसी र महोत्सवमा बचेको रकमबाट सङ्ग्रहालय निर्माण शुरु भएको हो।
जमिन सम्याउने काम पूरा भएपछि बुधवार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले भवनको शिलान्यास गरेका हुन्।
२०७४ सालदेखि मगर जातिका र उपलब्ध भएसम्म सबै जातजातिका विशेषता बोकेका सामग्री राखी सङ्ग्रहालय निर्माण गर्ने भनिए पनि बजेट अभावमा रोकिएको थियो।
सङ्ग्रहालय बनाउन पुन क्लबले दुई पटकसम्म मगर महोत्सव आयोजना गर्यो भने योपटकको तिहारमा देउसीभैलो खेलेर बचेको रकमबाट भवन निर्माण शुरु गरिएको हो। मगर जातिको कला, कौशल, प्रवर्द्धन लगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माण शुरु गरेको क्लबले जनाएको छ।
पर्वतमा रहेका सबै जातजातिका भाषा, वेषभूषा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्र लगायतका वस्तु हुने बताइएको छ। हामीसँग अहिले महोत्सवबाट बचत भएको र गत तिहारमा देउसीभैलो खेलेको गरी २५ लाख रुपैयाँ रहेको र काम शुरु गरेपछि सहयोग बिस्तारै आउँदै जाला भन्ने आशामा सुरु गरीएको बताइएको छ।
दुईतले भवन निर्माणका लागि करिब डेढ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको र अहिलेसम्म कुनै पनि सरकारी निकायबाट रकम नलिएको जनाएको छ। भवन