सिमकोट। सामुदायिक रेडियो कर्णाली आवाजले आफ्नै भवन बनाउन सुरु गरेको छ। भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त एफएम रेडियोले आफ्नै भवन निर्माण गर्न लागेको हो।
रेडियोका स्टेसनले रेडियोको आन्तरिक स्रोतबाट नयाँ आठ कोठे दुई तले भवन निर्माण गर्न लागिएको बताएको छ । नितान्त रेडियोको आफ्नै आम्दानीलाई जग्गा र नयाँ भवन बनाउने कार्य सुरु भएको हो।
उक्त रेडियोले तीन वर्षअगाडि रेडियोकै नाममा जग्गा खरिद गरेको थियो। रेडियो स्थापनाको नौ वर्षमा भएको कमाइले नयाँ जग्गा खरिद तथा भवन निर्माण गरिएको हो।
रेडियोले भवन निर्माणका लागि तीस लाख लागत लाग्ने अनुमान गरेको छ। भवनको पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य दल रावलले शिलान्यास गरेका थिए।