काठमाडौं। विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न एसडी एक्स्पो मिडियाको आयोजनामा एक्स्पो सुरु गरिएको छ। काठमाडौंको भृकुटिमण्डपमा शुक्रबारदेखि विद्युतीय गाडीको एक्स्पो सुरु भएको हो।
एक्स्पो २०७९ मंसिर १६, १७ र १८ गतेसम्म चल्ने छ। नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनका लागि एक्स्पो गरिएको आयोजकले जनाएको छ । एक्स्पोमा ५० बढी भारतीय कम्पनीको सहभागिता रहनेछ ।
आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड छन् । एक्सपोमा विशेष गरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल र साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर , रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन ,ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू राखिएको बताइएको छ ।