काठमाडौं। ८ वटा निर्माण कम्पनी कालोसूचीमा पर्ने भएका छन्। विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएका ८ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्तिम पटक ७ दिने स्पष्टीकरण माग गरेको हो।
यस अघि कार्यालयले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गरेको थियो। उक्त अवधिमा पनि निर्माण व्यवसायीले बेवास्ता गरी स्पष्टीकरण नबुझाएपछि कार्यालयले कालोसूचीका लागि प्रक्रिया थालेको हो। अन्तिम म्यादभित्र पनि चित्त बुझ्दो स्पष्टीकरण नआएमा ८ वटै कम्पनी कालोसूचीमा पर्नेछन्।
स्पष्टीकरण मागिएका कम्पनी तथा व्यवसायीहरु यसप्रकार छन्
–हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक,
–सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली,
–जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया,
–हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे,
–बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम,
–सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल,
–दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार
–जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरी
