काठमाडौं। नेपाल विद्युत प्राधिकरणले टेलिफोन, इन्टरनेट, केबल टीभी सेवा प्रदायकहरुलाई पोल भाडा सम्झौता गर्न पुनः ताकेता गरेको छ। प्राधिकरणले पुस ७ गतेभित्र पोल भाडा सम्झौता गर्न पुनः ताकेता गरेको हो।
प्राधिकरणले मंसिर ६ गते सूचना जारी गर्दै आफ्नो विद्युतीय संरचना उपयोग गरेर सेवा दिइरहेका संस्थाहरुलाई बाँकी बक्यौता रहेको भाडा रकम र सम्झौता गर्न आउन पत्राचार गरेको थियो। तर, सेवा प्रदायकहरुले अहिलेसम्म पनि उक्त कार्य नगरेको भन्दै बुधबार फेरि सूचना निकालेको हो।
प्राधिकरणले पुस ७ गतेभित्र सम्झौता नगर्ने, नवीकरण नगर्ने र बाँकी बक्यौता भाडा रकम भुक्तानी नगर्ने सेवा प्रदायकहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ।