काठमाडौं। दोलखाको उत्तरी बिगु गाउँपालिका– ५ चिलङ्खाको लोटिङमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको छ। हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल भवन निर्माणका लागि सहयोग जुटेको हो।
केन्द्रका अध्यक्ष प्रवीण खड्काका अनुसार अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुनेछ। अस्पताल सञ्चालनका लागि २१ कोठे भवन निर्माण हुनेछ। यसको डिजाइन जर्मन इन्जिनियरको टोलीले गर्नेभएको छ। भवन निर्माणमा लगभग तीन करोड भन्दा माथीको लागतमा लाग्नेछ। जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको केन्द्रका अध्यक्ष खड्काके कथन छ।
अस्पताल सञ्चालनका लागि करिब साढे छ रोपनी जग्गा संंस्थाको स्वामित्वमा पास भइसकेको छ। “दुई रोपनी इको हिमाल नामक संस्थाले खरिद गरिदिएको छ। आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान दिनुभएको छ। बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन भएको रकमबाट खरिद गरिएको हो।
अस्पताल भवनको जिल्ला शिलान्यास भइसकेकाले समन्वय समितिका प्रमुख डबल पाण्डेले स्थानीय जनताका लागि अस्पताल खुसी र ठूलो उपलब्धीको विषय भएकाले अस्पताल निर्माण र व्यवस्थापनमा सरकारको पनि सहयोग रहनुपर्नेमा जोड दिनुभयो।