काठमाडौं। रौतहट जिल्लाको दक्षिणीभेग राजपुर नगरपालिकामा विद्यालय भवन निर्माण हुने भएको छ। झन्डै २ करोडको लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो।
युवा मेयर डाक्टर राजिक आलमको सक्रियतामा पहिलो पटक राजपुरमा यती ठुलो लगानीमा विद्यालय भवन निर्माण हुन लागेको हो। मेयर आलमले बुधबार एकसमारोहका बीच बिद्यालय भवनको शिलान्यास गरेका छन्।
शिक्षा र साक्षरतामा देशमै सबभन्दा कमजोर रहेको जिल्ला रौतहट भएकाले साक्षर नगर बनाउने उद्देश्यले शिक्षामा लगानी गरिएको उनले बताए।
राजपुर नगरपालिका अन्तर्गत बैरिया माध्यमिक विद्यालयको हाताभित्र निर्माण भैरहेको तीन तले विद्यालय भवन नगरविकास कोषको कुल लागत १ करोड ८९ लाख रुपिया रहेको बताइएको छ। विद्यालय भवनको ठेक्का ईस्लामिक कन्स्ट्रक्सनले टेण्डर प्रक्रिया बाट लिएको तथा २०८० असार १५ सम्म निर्माण पूरा गर्ने सम्झौता भएको छ।