काठमाडौं। नेपाल वायुसेवा निगमले १३५ जना कर्मचारी माग गरेको छ। निगमले आज शुक्रबार सूचना जारी गर्दै रिक्त रहेका १३५ पदका लागि आवेदन खुलाएको हो।
सूचनामा चौथोदेखि सातौं तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ। निगमका अनुसार योग्यताअनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ।
निगमले वरिष्ठ प्राविधिक अधिकृत, प्रशासन अधिकृत, लेखालगायतका पदमा कर्मचारी मागेको हो।
सातौ र छैठौं तहका लागि १००० रुपैयाँ र पाँचौ र चौथो तहका लागि ५०० रुपैयाँ दस्तुर लाग्ने छ। साथै समुह थप भएमा २५० देखि ५०० रुपैयाँसम्म थप दस्तुर लाग्ने निगमले जनाएको छ।