काठमाडौं। जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । करिब रु ३५ अर्ब लगानीमा सो जलविद्युुत् परियोजना अगाडि बढेको हो।
अहिले नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ। जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत् क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भएको बताइएको छ। तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढेको हो।
उक्त परियोजना कर्णालीकै लाइफ चेन्जर परियोजना हुने भएको छ । सो योजना क्रमागत रहेको छ । जुम्लामा विद्युत् अभावले लामो समयदेखि सकस भइरहेको समयमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । क्षमता नपुग्दा भरपुर बत्ती प्रयोग गर्न यहाँका नागरिकले नपाएको तिला गाउँपालिकाले जनाएको छ।
सुर्खेत, दैलेख, कालिकोट हुँदै प्रसारणलाइन जुम्ला पुगेको छ । तिलाजवाको पानी मिसाएर मेगावाटस्तरको बत्ती बलेमा केही राहत हुने यहाँका स्थानीयवासीको भनाइ छ।