काठमाडौं। मागभन्दा करिब २८ गुणा बढी आवेदन परेको बाराही हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट भएको छ। योग्य आवेदनमध्येका ५१ हजार ५ सय २२ जनाले १०/१० कित्ता हात पारेका छन्।
आइपीओका लागि १२ लाख ५८ हजार ४ सय २१ जनाले आवेदन दिएका थिए। १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ता सेयरका लागि आवेदन परेको थियो।
जसमध्ये ११ लाख ९२ हजार ४ सय ९४ जना आवेदक योग्य भएका थिए। उनीहरुको १ करोड ३० लाख ९३ हजार १ सय ४० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो। आइपीओमा मागभन्दा २७.८६ गुणा बढी आवेदन परेको थियो।
प्रमाणित मध्येका ५१ हजार ५२२ जनाले १०/१० कित्ताका दरले आइपीओ पाएका छन्। कम्पनीले गत मंसिर २१ देखि २६ गतेसम्म ५ लाख ५४ हजार कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो।
जारी आइपीओमध्ये ११ हजार ८० कित्ता कम्पनीका कर्मचारी र २७ हजार ७ सय म्युचुअल फण्डलाई छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।