दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा बहुउदेश्यीय गौशाला सञ्चालन गरिएको छ । फुलबारीमा शुक्रबार लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहकारी मन्त्री डिल्लीबहादुर चौधरीलगायतले सामुहिक गाई पुजन गर्दै गौशालाको उद्घाटन गरेका हुन् ।
गोलौराबाट सयौं गाई स्थान्तरण गर्दै शुक्रबारदेखि फुलबारीमा गौशाला औपचारिक रूपमा सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले गाई हिन्दु धर्मको आस्थाको केन्द्र भएकाले यसको संरक्षण र विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।
उनले फूलवारी क्षेत्र कृषिमा मात्रै नभएर शिक्षाको पनि हव बनाउन सकिने हुँदा के गर्न सकिन्छ त्यसबारे प्रतिवेदन पेश गर्नसमेत आग्रह गरे।