कैलाली। धनगढी उपमहानगरपालिकाले नदिजन्य पदार्थ संकलनको लागि समयावधि तोकिदिएको छ। उपमहानगरपालिकाले ढुंगा, गिटी र बालुवा संकलन गर्नको लागि निश्चित समयावधि निर्धारण गरेको हो ।
उपमहानरपालिकाले पालिका क्षेत्रमा वगेर जाने नदिजन्य सामग्री संकलनको लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको समयावधि तोकेको छ । उपमहानगरपालिकाले गत असोज महिनादेखि सो सामग्री संकलनको लागि कर उठाउँदै आएको छ ।
तोकिए भन्दा अन्य समयमा सामग्री संकलन गरेमा कानुन बमोजिक कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ ।