कैलाली। धनगढी उपमहानगरपालिका १६ मा गौशाला निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा र स्कोन नेपालले व्यवस्थापन हेर्ने गरी गौशाला निर्माण गर्न लागेको हो ।
उक्त गौशालाको आइतबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
रामनगरमा निर्माण हुन लागेको गौशालाको शिलान्यास धनगढीको उत्तर रामेश्वर पीठ लक्ष्मीनारयण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यले गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाबाट ५० लाख र उपभोक्ता समितिबाट १० लाख ८९ हजार ५ सय ९६ रुपैयाँ १६ पैसा रहेको छ भने कूल रकम ६० लाख ८९ हजार ५ सय ९६ रुपैयाँ १६ पैसामा उक्त गौशाला बन्न लागेको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिका भित्र हाल तीनवटा गौशाला निर्माणका लागि सम्झौता भइसकेको उपमहानगरपालिकाले बताएको छ। त्यस्तै उपमहानगरपालिकाको १३, ११ र ६ नम्बर वडाका लागि वडा नम्बर ११ मा गौशाला बनाउने प्रक्रिया सुरु गरिएको छ।