सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका दुई विद्यालयलाई विश्व समावेशी सहासी संस्थाले कम्प्युटर र टेलिभिजन सहयोगस्वरुप प्रदान गरेको छ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई विद्यालयलाई संस्थाले कम्पयुटर र टेलिभिजन हस्तान्तरण गरेको हो।
संस्थाले गाउँपालिका–८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नं ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष माया गुरुङले जानकारी दिइन्।
क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभूत विद्यालयमा टेलिभिजन वितरण गरेको उनले बताइन्।