काठमाडौं। लमजुङ जिल्लाको बेसीशहर नगरपालिका ८ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर भएका छन् ।
वडा कार्यालयको आर्थिक वर्ष ०७९।०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास ९मेडपा० कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको वडाले जनाएको छ ।
सिलाई कटाई तालिमको लागि वडाले सात लाख ७७ हजार ८८० रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाले सोही तालिमको लागि २१ वटा मेसिन खरिद गरिएको छ भने तालिम सम्पन्न पश्चात् सो मेसिन सहभागिताहरुलाई प्रदान गरिने वडा अध्यक्ष पवित्र थापा रानाले बताए।