वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने समयसीमा तोकिदिएको छ।
महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सातदिने सूचना जारी गरेको हो।
सूचनामा तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैंले हटाउने चेतावनी समेत दिइएको छ। यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ।
महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिले जनाएको छ।