भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच सम्झौता भइ पालिकाका सबै सामुदायीक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्न सुरु गरिएको हो।
प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको छ। सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सयका रुपैयाँका दरले २४ लाख ३८ हजार रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
त्यस्तै दोस्रो वर्षमा प्रतिविद्यालय १८ हजार एक सय रुपैयाँका दरले छ लाख रुपैयाा बराबरको इन्टरनेट सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख भएको बताइएको छ।
सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो ।
सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने बताइएको छ।