दोलखा । जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ । मन्दिरको प्रवेशद्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति बुधबार राति चोरी भएको हो ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार राति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको देखिएको छ । त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।
नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पुजारीले स्थानीयवासीलाई खबर गरेका थिए ।