धनुषा। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले धनुषा र सिराहालाई जोड्ने कमला नदीमा पुल निर्माणको काम तत्काल सुरु गर्न निर्देशन दिएका छन्।
सोमबार पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पुलको निर्माण कार्य दुई हप्ताभित्र सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।
उनले पुलको डिजाइन पेश भइसकेको बताउँदै सो डिजाइन स्वीकृत गराएर निर्माण कार्य सुरु हुने बताए ।
निरीक्षणको क्रममा स्थानीयहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग हाललाई अस्थायी पुल बनाउन माग गरेका थिए । उनले सर्वसाधारणलाई तत्काल आवतजावत गर्न नदीमा ह्युमपाइप राखिदिन समेत निर्माण कम्पनीलाई निर्देशन दिए ।
तराई मधेसको लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा धनुषा र सिराहाका सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।