काठमाडौं। रसुवाको नौकुण्ड गाउँपालिकाको पारच्याङ र आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएको छ। उक्त स्थानमा दुई प्रहरी चौकी निर्माण गरिएको हो।
ती दुबै चौकीको उद्घाटन मङ्गलबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक दीपक थापाले गरे । रु दुई करोड ५७ लाखको लागतबाट पारच्याङमा तथा रु दुई करोड २४ लाखको लागतमा हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएका हुन् । नेपाल सरकारको अनुदानअन्तर्गत निर्माण भएका दुवै चौकी एउटै ढाँचाका छन् ।