सल्यान। सल्यानको ढोरचौर–छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडक स्तरोन्नति गर्न सुरु गरिएको छ।
सिद्ध कुमाख–३ हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने सडकको ट्र्याक खोलेको १५ वर्षपछि स्तरोन्नति गर्न सुरु गरिएको हो।
कर्णाली प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानले १५ करोड ५९ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरेको छ ।
२०६४ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत ट्र्याक खोलिएको थियो । २०८१ पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा हमाल जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएको छ।
१३.८ किलोमिटर ग्राभेल र १२ किलोमिटर डबल कटिङ गरी सडकको स्तरोन्नति गरिने छ।