सिरहा। धनगढीमाई नगरपालिकाले एस्काभेटर तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै एस्काभेटर सम्बन्धी तालिम सञ्चालन गर्ने जानकारी दिएको हो।
साधारण लेखपढ गर्न जान्ने व्यक्तिले तालिममा सहभागि हुन सक्ने नगरपालिकाले जनाएको छ। तालिममा २० जना स्थानीय बासिन्दालाई दिइने छ।
तालिममा सहभागी हुन चाहने व्यक्तिले चैत्र १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ। तालिम चैत्र २० गतेदेखि सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।