काठमाडौं। गठबन्धन सरकारको नवगठित मन्त्रीको शपथ तयाररी भइरहेकै बेला डा सिके राउत नेतृत्वको जनमतपार्टीका मन्त्रीले भने राजीनमा दिएका छन् ।
खानेपानी मन्त्री अब्दुल खानले पार्टीको निर्देशन अनुसार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा दिनुभएको हो ।
खान डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री हुनुभएको थियो । जनमत पार्टीले गठबन्धनमा उद्योग मन्त्रालय मागेको थियो । पार्टीले मागेको मन्त्रालय नपाएपछि खानले राजीनामा दिनु भएको हो ।