धनुषा । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। प्रहरीले ९० थान कम्प्युटरसहित पक्राउ गरेको हो ।
जनकपुरको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइनबाट ठगी गर्नेहरूलाई ९० थान कम्प्युटरसहित पक्राउ गरेको हो ।
प्रहरीले कल सेन्टरमा छापा मारेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट दुई वटा मोटरसाइकल पनि बरामद गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।