सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षेति पुर्याएको नीजि तथा सार्वजनिक सम्पदाहरु पुनः निर्माणको काम राष्टिय पुनःनिर्माण प्राधिकरणले गर्दै आएकोमा अहिले जिल्ला आयोजना कार्यन्वयन एकाई कार्यलयले गर्ने भएको छ । जसको लागि जिमालीका आयोजना प्रमुखले आवास तथा भवन एकाइका जिल्ला आयोजना प्रमुखलाई कार्यलयमा रहेको भौतिक सामाग्री जिम्मा लगाएका छन् ।
प्राधिकरणले पुरा गर्न बाँकी रहेको काम सम्बन्धित निकायबाट कार्य सम्पादन गर्ने गरी आवास तथा भवन कार्यलयलाई जिम्मा लगाउने निर्णय गरेको भएता पनि निजी आवासले पुन निर्माणको काम जिमाली र भवनलाई समायोजन गरी प्राधिकरणकै माताहतमा रहने गरी कार्यन्वयन गरेको छ । आवास तथा भवन निर्माण कार्यलयका आयोजना प्रमुखले यो भन्दा अगाडी पनि निमित्त जिल्ला आयोजना प्रमुख रहेर काम गरेका थिए भने फेरी पनि पुनः निर्माण कार्यको आयोजना प्रमुख भएर कामको जिम्मा लिएका छन् ।